कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने प्रधानमन्त्रीको भनाइ

कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभएको हो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरि ३ बिषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको जानकारी दिनुभयो ।

साथै बैठकमा पछिल्लो विकसित राजनीतिक घटना क्रमका विषयमा पनि छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले गूनासो गर्नुभएको थियो । बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताउनुभयो ।

यसैगरी बैठकमा कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेकाथिए । यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमतिभएको छ ।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहनआग्रहगर्दै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको र त्यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसादपौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्रीविमलेन्द्र निधि, जनता समाजवादी पार्टीकाअध्यक्षमहन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताप्रकाशचन्द्र लोहनी र नेपालमजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागीभएकाथिए ।

बैठकमा नेकपा माओवादी केन्द्रबाट भने कोहीपनि नेता सहभागी भएनन् । सर्वदलीय बैठकबारे आफूलाई जानकारी नदिइएको माओवादी केन्द्रले बताएको छ ।परराष्ट्रमन्त्री ज्ञवालीले भने माओवादीलाइप्रधानमन्त्रीओली स्वयमले बोलाएको प्रतिक्रियादिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार