२४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

२४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये काठमाडौं जिल्लामा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४ सय ३५ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार २ सय ९० जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ५ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार