३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा १५ स्वर्ण, १२ रजत र ६ कास्य गरी ३३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा द्धितिय भएको माध्यमिक विद्यालय भंगेरीले ९ स्वर्ण, १० रजत र ७ कास्य गरी २६ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा तृतिय भएको जनता माध्यमिक विद्यालय कोलन्जोरले ७ स्वर्ण, २ रजत र ५ कास्य गरी १४ पदक प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा भलिबल, कबडी, , एथ्लेटिक्स , छात्र÷छात्रा रिले दौड , तेक्वान्दो , हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो , सटपुट लगायतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर , उपप्रमुख सृजना खड्का , प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे , विभिन्न वडाका वडाअध्यक्ष लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार