दोस्रो चौमासिकसम्म आईपुग्दा रामेछाप नगरपालिकाको वितिय प्रगति ४६.४२ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ४६.४२ प्रतिशत वितिय प्रगति हासिल गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकसम्म आईपुग्दा कुल बजेटको ५५.६५ प्रतिशत रकम खर्च गरेको हो । आ÷व २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कुल बजेट ६३ करोड ७४ लाख ७८ हजार २ सय ५६ विनियोजन भएकोमा देस्रो चौमासिक अवद्यिमा […]

रामेछाप बजारका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

चैत २७ गते, रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । बजार अनुगमनका क्रममा कानूनी प्रक्रिया पुरा नगरी विक्री गर्न […]

हजुरको रेडियोका ५ जनाले जिते चुनाव

बुधबार सम्पन्न नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जका ५ जना पत्रकार निर्वाचित भएका छन । प्रेस युनियर र प्रेस संगठनको संयुक्त गठबन्धन बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको उक्त निर्वाचनमा उपाध्यक्ष (महिला) मा हजुरको रेडियोमा कार्यरत लेखा संयोजक रिता कुमारी मगर,  महिला सदस्यमा रेडियोका बजार व्यवस्थापक निरु […]

रामेछापमा प्रेस युनियनको प्यानलै विजयी,प्रेस चौतारीको एक भोट

नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा प्रेस युनियर र प्रेस संगठनको संयुक्त प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको हो । अध्यक्षमा बद्रि नयाँघरले ३९ मत प्राप्त गर्नुभयो । स्वतन्त्र अध्यक्षको उम्मेद्वार सुमित श्रेष्ठले ३३ मत प्राप्त गर्दा प्रेस चौतारीका अध्यक्षका उम्मेद्वार सौजन्य प्रसाद सत्यालले १ मत मात्रै प्राप्त […]

पत्रकार महासंघ रामेछापमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त उम्मेद्वारी

यही चैत २५ गते हुन गइरहेको पत्रकार महासंघको आसन्न निर्वाचनको लागि जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्रीनयाँघरेले उम्मेद्वारी दर्ता गराउनुभएको छ । संघको उपाध्यक्ष पदमा कैलाश खत्री, संघको महिला उपाध्यक्षमा रिता मगर (घिमिरे), तुल्शीदेवी श्रेष्ठ,सहसचिवमा रामचन्द्र विक,समावेश सहसचिवमा शम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ लगायतले उम्मेद्वारी दर्ता गराउनुभएको छ […]

पत्रकार महासंघ रामेछापकोे अध्यक्ष पदमा चार जनाको मनोनयन दर्ता

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा चार जनाले मनोनयन दर्ता गराएका छन । यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि सुमित श्रेष्ठ र नबिन केसीले स्वतन्त्रबाट अध्यक्षको उम्मेद्वारी दर्ता गराएका छन् भने र प्रेस चौतारी नेपालको तर्फबाट सौजन्य प्रसाद सत्याल , प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्रीनयाँघरेले उम्मेद्वारी दर्ता […]

बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सिर्जनलशील स्टार युवा कल्बको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा फुटबल खेल आयोजना गरिएको हो । बातमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्लेलले उद्धघाटन गर्ने सो खेल यही चैत्र २७ गतेदेखि सुरु हुने […]

पत्रकार महासंघ रामेछापको अध्यक्षमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा पत्रकार सुमित श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । जिल्ला सदरमुकाम मन्थलीमा बिहिबार पत्रकार सम्मेलन गरी यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि श्रेष्ठले अध्यक्ष पदमा१४ बुँदे प्रतिबद्धता सहित स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नु भएको हो । पत्रकार श्रेष्ठको चुनावि प्रतिबद्धताहरु १. रामेछाप जिल्लाबाट सञ्चालित […]

मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी गरेको छ ।बिहिबार मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान गोपी कार्कीलाई ५ लाख १० हजार नगद भुक्तानी गरिएको छ । नवजागरण बचत तथा ऋण सहकारी संस्थामार्फत सिटिजन लाइफ इन्स्योरेन्समा ऋणको बिमाको गरेकी सिताको मृत्यु पश्चात् ऋणबापतको रकम […]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । गत पुस १० […]