रामेछाप स्थित सुनकोशी नदिको किनारमा दुई पुरुषको शव फेला

रामेछाप स्थित सुनकोशी नदिको किनारमा दुई पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार एकै दिन २ वटा शब फेला परेको जानकारी दिएको छ । जिल्लाको खाडाँदेबी गाउँपालिकामा पर्ने सुनकोशी नदिको किनारमा पहिचान खुल्न नसकेको वेवारीसे शव फेला परेको हो ।

बुधबार दिउसो ३ : ३० बजेको समयमा खाडाँदेबी गाउँपालिका –४ पुछिघाटमा पर्ने सुनकोसी नदिको किनारमा अन्दाजी ४५ बर्षको एक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ ।कम्मरमा नाम्लाले बाँधेको माछा मार्ने फुर्लुङ भिरेको एक पुरुषको शव फेला परेको रामेछापले जनाएको छ । शबको हालसम्म पहिचान खुल्न सकेको छैन् ।

त्यस्तै बुधबार दिउसो १ बजेको समयमा खाडाँदेबी गाउँपालिका वडा नं १ बेलघारीमा पर्ने सुनकोशी नदीको किनारमा दिउसो १ बजेको समयमा पहिचान खुल्लन नसकेको अर्को शब पनि फेला परेको प्रहरीले बताएको छ । बलघारीमा फेला परेको शबको भने आधाभाग कुहिएर झरेको अवस्थामा फेला परेको छ । प्रहरीले मृतकहरुको परिवारबारे जानकारी लिने काम भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार