खोला तथा नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सचेत रहन प्रशासनको अपिल

खोला तथा नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सचेत रहन प्रशासनको अपिल

रामेछाप जिल्ला भएर बग्ने तामाकोशी, सुनकोशी लगायतका खोला तथा नदी किनार एवं भिरालो जोखिमयुक्त भुभागमा बसोबास गर्ने स्थानीयलाई जिल्ला प्रशासन कार्यालय रामेछापले सचेत रहन अपिल गरेको छ । आज सुनकोसी, तामाकोसी नदी सहित विभिन्न खोलामा आकास्मिक रुपमा पानीको बाहब बढन सक्ने भएकाले नदी छटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले अपिल गरेको छ ।

विगत वर्षहरुमा भन्दा यसवर्ष मनसुनी प्रभाव बढी हुनसक्ने भएकाले खोला तथा नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्ने सम्भावना रहेकाले रामेछाप प्रशासनले अत्यन्त जरूरी सूचना जारी गर्दै अपिल गरेको हो । कार्यालयले कुनै पनि प्राकृतिक विपद् आइपरेमा सम्बन्धित स्थानीय तह तथा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार