जोन्सन एण्ड जोन्सनको कोरोना खोपको पहिलो मात्रा आजदेखी लगाइँदै

नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोपलगाइँदै छ । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ । आजदेखि पर्सिसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्याया मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो […]

पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखिसक्नुभएका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता जनाउनुभएको काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो । थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, प्रम शेरबहादुर देउवालाई बालुवाटारमा […]

एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आज सांसद पदबाट राजीनामा दिनुभएको हो । आफुले आज संसद् सचिवालयमा राजीनामा बुझाएको उहाँले बताउनुभयो । एमाले भित्रको माधब नेपालसमूहमा सक्रिय हुँदै आउनुभएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई दिनुभएकोछ । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आज बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो । सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक […]

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन […]

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो । तीन […]

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो । ५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप […]

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ । यस्तै आज जिल्लामा २० […]

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङक्रान्ति,देशभर स्नान, दान गरेर मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले आज देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ । माघ १गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आजको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग […]