अझै केही दिन निरन्तर पानी पर्ने

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश–१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक÷दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले बताउनुभयो । दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उहाँको भनाइ छ । आज दिउँसो प्रदेश–१, […]

रोङ्सी नदीको बहाव सुचारु, तामाकोशी किनारका वासिन्दालाई राहत

नेपाल–चिन सिमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो । यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ […]

रामेछापमा आज २५ जना कोरोना संक्रमित थपिए,४० जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४० जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ । आज मन्थली नगरपालिकाबाट ५ जना, रामेछाप नगरपालिकाबाट […]

माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै […]

कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आईनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाको स्वरुपबारे निर्णय गरिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा आफूहरू रहेको जानकारी दिँदै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने […]

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने

चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्ने भएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । आज बिहानसम्म अवस्थाउस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । पहिरोका कारण थुनिएको […]

मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने

आज मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज […]

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण […]

पानीजन्य रोग फैलिनसक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरफाइसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना […]

खोला तथा नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सचेत रहन प्रशासनको अपिल

रामेछाप जिल्ला भएर बग्ने तामाकोशी, सुनकोशी लगायतका खोला तथा नदी किनार एवं भिरालो जोखिमयुक्त भुभागमा बसोबास गर्ने स्थानीयलाई जिल्ला प्रशासन कार्यालय रामेछापले सचेत रहन अपिल गरेको छ । आज सुनकोसी, तामाकोसी नदी सहित विभिन्न खोलामा आकास्मिक रुपमा पानीको बाहब बढन सक्ने भएकाले नदी छटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले अपिल गरेको छ । विगत […]