रामेछाप देउरालीमा बौलाहा कुकुरको टोकाइबाट ८ घाइते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीको बेसीटोलमा बिहीबार बौलाहा कुकुरको टोकाइबाट ८ जना घाइते भएका छन् । कुकुरले केही घरपालुवा पशुलाईसमेत टोकेको छ । वडा सदस्य सुशीलहरी बख्रेलका अनुसार कुकुरको टोकाइबाट १३ वर्षीय बालक पंकज बुढाथोकी, जमुना बुढाथोकी, रामबहादुर बस्नेत, दिपेन्द्र राज सिंजाली रत्नबहादुर सिंजाली बढी घाइते छन् । अरु तीनजनाको अवस्था सामान्य […]

नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको […]

लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ति मनाइँदै

आज महाकविलक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ति पनि मनाइँदैछ । वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका देवकोटाले दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका […]

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदै

आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा गरेर आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङ्लगायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गर्ने चलन छ । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सधैँ बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वास छ । […]

रामेछापमा राति ८ बजेपछि देउसीभैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारमा राति ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले कोभिड संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले तिहार मनाउँदा,देउसी भैलो खेल्दा अनिवार्य रूपमा मास्कको […]

रामेछापमा नेपाली कांग्रेसको अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

हालै सम्पन्न नेपाली कांग्रेस रामेछाप जिल्ला अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समितिसमक्ष पुनःमतगणनाको माग गरेका छन् । जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले हँुदा पुनः मतगणनाको मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो । […]

सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना डुबान पीडितले मुआब्जा पाएनन्

राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट डुबानमा पर्ने भनी दुई वर्षदेखि रोक्का राखेको जग्गाको मुआव्जा नदिएको बताएका छन् । ‘सिन्धुली जिल्लामा जग्गा अधिग्रहण गरी मुआब्जा र क्षतिपूर्ति वितरण भइसक्यो,’ मन्थली नगरपालिका ६ हात्तीटारका बृहस्पति माझीले भने, ‘तर रामेछापतर्फको डुबान हुने जग्गाको मुआब्जा वितरण त परै जावस् निर्धारणसमेत गरीएको छैन ।’ जग्गा अधिग्रहणका लागि झन्डै […]

तिथि घटबढका कारण आज एकैदिन काग र कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार अन्तर्गत आज यमराजको दूतका रूपमा कागलाई मीठो खानेकुरा खान दिइन्छ । तिथि घटबढका कारण बिहान त्रयोदशी भएकोले आज काग तिहार मनाउन थालिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि थियो […]

तिहारमा बत्तीको अभाव हुँदैन, ढुक्क भएर बत्ती बाल्नुहोस : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो । उहाँले यस वर्षको तिहारमा झन्डै १५ सय मेगावाट बिजुली प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताउनुभयो । […]

प्रदेशमा पनि एमाले प्रमुख प्रतिपक्षी भूमिकामा

सत्ता गठबन्धनबीचको पूर्व सहमति कार्यान्वयनका कारण प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले बाहिरिएको छ । योसँगै प्रदेश र सङ्घमा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै पुगेकामध्ये सबै प्रदेश सरकारको नेतृत्वबाट एमाले पूर्ण रूपमा बाहिरिएको हो । गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो […]