सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आज बैठक सक्दा पाँच बजिसकेका कारण भोली कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने नेताहरुले बताएका छन् । यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा […]

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजे सम्मका लागि तोकिएको थियो […]

नेपालमा आज कोरोना सङ्क्रमणका कारण ५५ जनाको मृत्यु

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । आज थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो देशभर ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यका सहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले आज राती १२ बजे देखी लागुहुने गरी  नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]

सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने

सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने भएका छन् । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो । जसअनुसार कोभिड सङ्क्रमण भई घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज बिदा दिने व्यवस्था गरिएको […]

साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकियो

यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार ६ सय १५ […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले मंगलबार राती १२ बजे देखी लागुहुने गरी नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो : प्रधानमन्त्री

सरकारले प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो । हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाई गर्ने , प्रदेश र राजधानीमा एक हजार शैयाको […]

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ […]

रामेछाप बाम्तीमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछापको उमाकुण्ड गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी एक दम्तीको जलेर ज्यान गएको छ । उमाकुण्ड गाउंपालिका वडा नं २ बाम्तीको लहरेटोलमा आज बिहान आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीशङ्कर श्रेष्ठले दिनुभएको जानकारी अनुसार आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको ज्यान गएको छ । […]