फोनिज रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्बाचित

फोनिजको चौथो जिल्ला अधिबेशन रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न

फोनिज रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्बाचित

फोनिजको चौथो जिल्ला अधिबेशन रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्बाचित हुनुभएको छ । रामेछापको मन्थलीमा आज सम्पन्न फोनिजको चौथो जिल्ला अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको हो ।

यसैगरी उपाध्यक्षमा निरोज श्रेष्ठ, सचिवमा शान्ता श्रेष्ठ, सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु चयन भएका छन । सदस्यहरुमा : रमेश तामाङ, रीता मगर, स्वतन्त्र मोक्तान र कर्मरिन्जी शेर्पा निर्वाचित चयन हुनुभएको छ ।

फोनिजले केन्द्रीय पार्षदमा सुमित श्रेष्ठ, युनिक विफा घिसिङ, नवराज श्रेष्ठ र अनिता थापामगरलाई चयन गरेको छ भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ, नवराज श्रेष्ठ र निशा मोक्तानलाई चयन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार