रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा दुई दिनका अबद्यिमा –हिजो र आज) गरी २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी राजेश प्रसाद पालले जानकारी दिनुभयो । ६ महिना देखी ५ वर्ष भित्रका जिल्लाका २० हजार ९८ […]

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री […]

एमाले रामेछाप नगरपालिकामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न, यी हुन वडा कमिटीका अध्यक्षहरु (नामसहित)

नेकपा एमाले रामछाप नगरपालिकाले हिजो नगरपालिकाको ८ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले रामेछाप नगरपालिकाको एउटा वडा बाहेक आठ वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्म रुपमा वडा अधिवेशन सम्पन्न भएको हो । वडा नं ४ हिमगंगामा आज अधिवेशन हुने बताइएको छ । वडा […]

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट उद्धघाटन तर छैनन् जनशक्ती

जिल्ला अस्पताल रामेछापमा आज पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्री र बाग्मती प्रदेशकै वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले संय्ुक्त रुपमा पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गर्नुभएको हो । बाग्मती प्रदेश सरकारको लागतमा निर्माण भएको पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन भएपनि कहिलेदेखी […]

बाढी, पहिरोमा परि अहिलेसम्म १ सय ११ जनाको ज्यान गयो

देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय ११ पुगेको छ । आज शुक्रवार दिउँसोसम्म बाढी, पहिरो र डुबानमा परि एक सय ११ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ । बाढी, पहिरोमा परि प्रदेश १ मा ६५ जना, सुदूरपश्चिममा ३२ जना, कर्णालीमा सात जना, लुम्बिनीमा चार जना, गण्डकीमा दुई […]

भोलि एमाले रामेछापको वडा अधिवेशन हुँदै,सर्वसम्म रुपमा नेतृत्व चयन हुने

नेकपा एमाले रामेछापले जिल्लाका विभिन्न तहको अधिवेशनको तयारी सकिएको जनाएको छ । कार्तिक ६ गते शनिबार जिल्लाका सबै वडाको अधिवेशनको तयारी सकिएको एमालेले जनाएको छ । एमाले रामेछापको ६२ वडामा शनिबार एकसाथ अधिवेशन आयोजना हुँदैछ । ६४ वडामध्ये २ वटा वडामा भने अधिवेशन सम्पन्न भईसकेको छ । एमालेको वडा कमिटी ३१ सदस्यीय हुनेछ । अध्यक्ष […]

२८ दशमलव २ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाए

नेपालमा कुल जनसंख्याको २८ दशमलव २ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । यस्तै ६४ लाख ८५ हजार ९ सय २३ जनाले […]

चीनबाट रासायनिक मल नेपाल आउन सुरु

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको छ।तातोपानी नाका हुँदै हिजोसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौं भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन […]

कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने डब्लूएचओको चेतावनी 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो । गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको […]

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ। शाक्यले गएको भदौ २ गते मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको थियो । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उहाँले […]