रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम जारी (फोटोफिचर)

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम जारी (फोटोफिचर)

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम जारी छ । हिजोदेखी सुरु भएको कार्यक्रम आज पनि जारी रहने बताइएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

हिजो कार्यक्रमको उद्धघाटन सत्रमा विभिन्न स्थानिय तहबाट विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको छ । मगर,तामाङ,सुनुवार,माझी परियार लगायतका जातिय भेषभुषा सहित मन्थली बजारमा र्याली निकालिएको थियो ।

समाजका अध्यक्ष राम कुमार पौडेलको अध्यक्षतामा चलिरहेको उक्त कर्यक्रमको उद्घाटन प्रदेश सांसद एबं पूर्ब मन्त्री शान्ति प्रसाद पौडेलले गर्नु भएको हो ।

पत्रकार सहित अन्य १० जना स्रष्टाहरु सम्मानित

उक्त कार्यक्रमको अवसर पारेरमा पत्रकार सहित अन्य १० जना कलाकारहरुलाई सम्मान गरिएको छ । पत्रकार हिमाल ढुंगेल, बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल ,अनिता बस्नेत,नायिका चाँदनी मोक्तान,मोडल रन्जिता गुरुङ,गायिका पार्वती कार्की, गितकार डिपी खनाल,लोक दोहोरी गायक खेम सेन्चुरी,गायकहरु क्रमश नबराज घोरासैनी र बिक्रम जंङ शाह सम्मानीत हुनुभएको छ ।

राष्टिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती 

बृहत सांस्कृतिक कार्यक्रम अन्तर्गत आज पनि जिल्ला समन्वय समिती प्राङगणमा मन्थलीमा राष्टिय ख्याति प्राप्त तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

आज चर्चित कलाकारहरु,शिवहरी पौडेल,सिता थापा,रोज मोक्तान,पार्वती कार्की,नवराज घोरासैनी,राजेन्द्र कुमार कार्की,विक्रम जंग शाह,खेम सेन्चुरी,चाँदनी मोक्तान,विक्रान्त बस्नेत,सुनिता दुलाल,डिपी खनाल,रन्जिता गुरुङ लगायतका धेरै राष्टिय तथा स्थानिय कलाकारहरुले आज बेजोड प्रस्तुती दिने छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार