आजबाट सन् २०२२ सुरु

आजबाट सन् २०२२ सुरु

अङ्ग्रेजी नयाँ वर्ष आजबाट सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको इतिहास रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याउनुभएको थियो । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइने गरिन्छ ।

तर, पछिल्लो २ वर्षदेखि कोरोना महामारीका कारण नेपालमा विदेशी र स्वदेशी नागरिकको नयाँ वर्ष खल्लो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार