रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम हुँदै

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम हुँदै

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम हुने भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

रामेछाप सांस्कृतिक कलाकार समाजको बाह्रौँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमको अवसरमा स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले ईरामेछापलाई जानकारी दिनुभयो ।

यहि पौष १७ र १८ गते जिल्ला समन्वय समिती प्राङगणमा मन्थलीमा राष्टिय ख्याति प्राप्त तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथ कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

२ दिनसम्म हुने कार्यक्रममा चर्चित कलाकारहरु,शिवहरी पौडेल,सिता थापा,रोज मोक्तान,पार्वती कार्की,नवराज घोरासैनी,राजेन्द्र कुमार कार्की,विक्रम जंग शाह,खेम सेन्चुरी,चाँदनी मोक्तान,विक्रान्त बस्नेत,सुनिता दुलाल,डिपी खनाल,रन्जिता गुरुङ लगायतका धेरै राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

साथै जिल्लाको ८ वटै स्थानिय तहमा गठन भएको रामेछाप सांस्कृतिक कलाकार समाजको नगर तथा गाउँ समितीको पनि विभिन्न प्रस्तुत रहेने वरिष्ठ उपाध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिनिधी सभा सदस्य एवं पुूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको छ । उक्त कार्यक्रमको अनलाईन मिडिया पार्टनर ईरामेछाप डटकम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार