रामेछाप राकाथुममा हत्या गरेर फरार अभियुक्त १२ वर्षपछि पक्राउ
रामेछापको राकाथुममा २०६६ असोज ९ गते भएको हत्याकाण्डका २ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको छ । छिमेकी जिल्ला काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका २९ वर्षीय तीर्थमान दोङको हत्या आरोप लागेका साविक राकाथुम गाविस हाल खॉडादेवी १ बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयरामलाई प्रहरीले पक्राउ गरेको हो । […]