कोरोनाको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

कोरोनाको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय सङ्क्रमित छन् । ४३ हजार ९३२ संक्रिय सङ्क्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या ११ लाख ६८९ पुगेको छ ।

यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६१४ पुगेको छ भने ९ लाख ९ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका २८ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार