स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोे बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो ।

तर, सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो ।स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । सरकारले मन्त्रिपरिषद्को बैठक बस्नु अघि निर्वाचनको मिति तय गर्ने विषयमा आजै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार