परीक्षण कम हुँदा सङ्क्रमण पुष्टि हुने घटे, २४ घण्टामा थपिए ८३६ सङ्क्रमित

परीक्षण कम हुँदा सङ्क्रमण पुष्टि हुने घटे, २४ घण्टामा थपिए ८३६ सङ्क्रमित

परीक्षण कम भएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या पनि घटेको छ । गत २४ घण्टामा ६ हजार ६ सय ५४ जनाको परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा सङ्क्रमण पुष्टि भएकोभन्दा दोब्बर बढी निको भएका छन् ।

गत २४ घण्टामा १ हजार ८ सय २६ जना सङ्क्रमण मुक्त हुँदा ४ जनाको भने मृत्यु भएको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १ सय २ मा झरेको छ । अहिलेसम्म पीसीआर विधिबाट परीक्षण गरिएका मध्ये ९ लाख ७२ हजार ६ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाले ११ हजार ८ सय ८२ जनाको भने मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार