कोरोनाको तेस्रो लहर सिथिल बन्दै

कोरोनाको तेस्रो लहर सिथिल बन्दै

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निरन्तर घट्दै गएको भएपनि मृत्युदर भने घट्न सकेको छैन । एक साता भन्दा बढि समयदेखि नेपालमा कोरोनाका सङ्क्रमित निरन्तर घटिरहेका छन् । तर सङ्क्रमित घटे अनुसार मृत्युदर भने कम हुन सकेको छैन । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ ।

यस्तै हिजो पनि कोरोनाका कारण १२ जनाको मृत्यु भएको थियो । केही दिन यता दैनिक रुपमा १० जना भन्दा बढि सङ्क्रमितको मृत्यु भइरहेको छ । हिजोआजमा कोरोना सङ्क्रमित कम भएपनि पहिले नै सङ्क्रमित भएर अस्पताल भर्ना भएकाहरूको मृत्यु दर स्थिर रहेको चिकित्सकहरूले बताएका छन् । तर ओमिक्रोनको यो लहर भने अब कम हुँदै गएको विज्ञ चिकित्सकले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अब कोरोनाको यो लहर सिथिल हुने क्रममा पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार