रामेछाप मन्थलीमा माईक्रोवस दुर्घटना १० जना घाइते,घाइते २ जनालाई काठमाडौँ लगियो

रामेछाप मन्थलीमा माईक्रोवस दुर्घटना १० जना घाइते,घाइते २ जनालाई काठमाडौँ लगियो

रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटमा आज माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आज दिउँसो काठमाण्डौं बाट मन्थलीतर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

गम्भिर घाईते २ जना रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने बर्ष ३७ का सविना मोक्तान र उहाँको ६ वर्षका छोरा सिजन मोत्तानलाई थप उपचारको लागी हेलिकप्टर मार्फत कठमाण्डौँ पठाइएको छ । ८ जना घाइतेहरुको सिन्धुलीको खुर्कोटमा रहेको शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबत्ता राजु प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको अवस्था समान्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार