एमालेले मतदातालाई बाँड्न लागेको मल प्रहरीले नियन्त्रणमा लियो

एमालेले मतदातालाई बाँड्न लागेको मल प्रहरीले नियन्त्रणमा लियो

स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा पुर्‍याएको १ ट्रक रासायनिक मल स्थानीयले कव्जामा लिएर प्रहरीको जिम्मा लगाएका छन् । सोमबार विजुलीकोटको भुमेडाडामा पुर्‍याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार नियन्त्रणमा लिइएको मलका कसले र कहाँका लागि ल्याएको भन्ने विषयमा अनुसन्धान थालिएको छ ।

मल ल्याएको कागज पत्र सहित चालक फरार भएको बेला प्रहरी पुगेकाले पनि उक्त मल थप रहस्यको विषय भएको उनले वताए । ‘सुरुमा जानकारी आउदा एमालेले मल ल्यायो भन्ने सुन्नमा आएको हो ’ प्रनाउ थिङले भने तर त्यस बारेमा पुष्टि भइसकेको छैन, हामी वुझ्ने क्रममा छौं । मलको गाडि सगैं पक्राउ परेका चालकले आफु तिल्पुङबाट मात्र चालक भएर आएकाले असली चालक आफु नभएको वताएका छन् । ट्रक र मलको विल लगाएतका कागजात नभेटिएकोले उक्त मल राजश्व छलेर ल्याएको हुन सक्ने तर्फ प्रहरीले अनुसन्धान अघी बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार