रामेछाप रामपुरमा एमालेका कार्यकर्ताबाट सवारी चालक कुटिए

रामेछाप रामपुरमा एमालेका कार्यकर्ताबाट सवारी चालक कुटिए

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेकपा एमालेका कार्यकर्ताले सवारी चालकलाई कुटपिट गरेका छन । शुक्रबार नेपाली कांग्रसले चुनावी घरदैलो कार्यक्रम गर्न भाडामा लिएको गाडीको चालकलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन । एमालेका कार्यकर्ता रमेश तामाङको एक समुहले चालक दान ब तामाङलाई मरणासन्न हुने गरि कुटपिट गरेको बताइएको छ ।

शनिबार एमालेको चुनावी घरदैलो कार्यक्रम गर्न गाडी भाडामा चाहियो भन्दै रमेशको समुहले चालक दान बहादुरसँग कुराकानी गरेको र चालक दान बहादुरले कांग्रेसले गाडी भाडामा लिइसकेको भनेपछि एक्कासी चालकमाथि रमेशको समुहले कुटपिट गरेको जानकारी प्राप्त भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ ।

कुटपिटबाट घाइते भएका दान बहादुरको अनुहार र शरिरको विभिन्न भागमा निलडाम छ । घटनाबारे सत्यतथ्य बुझ्न प्रहरीको टिम रामपुर पुगेको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले बताउनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कुटपिट गर्ने रमेश तामाङको समुह भने फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार