के के छन त ? रामेछाप नगरपालिकामा माओवादी–एकीकृत समाजवादीको घोषणा पत्रमा

के के छन त ? रामेछाप नगरपालिकामा माओवादी–एकीकृत समाजवादीको घोषणा पत्रमा

स्थानीय तहको निर्वाचनका लागि रामेछापको रामेछाप नगरपालिकामा तालमेल गरेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक भएको घोषणा पत्रमा सबै वडाहरुका टोलटोल र हरेक विद्यालयमा विद्युतीकरण गरि ‘फ्री वाइफाइ जोन’को व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै नगरपालिका भित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, ध्रुमपान र मदिरापानलाई पूर्णरुपमा निरुत्साहित गर्ने लगायतका विषय समेटिएको छ।

नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादीले उम्मदेवार उठाएका छन् । मेयरमा नरेशबाबु श्रेष्ठ र उपमेयरमा ढालविक्रम कार्की उम्मदेवार बनेका छन्। ९ वटा वडा रहेको नगरपालिकामा समाजवादीले १ नम्बर र ७ नम्बर वडा अधयक्ष लिएको छ बाँकी सबैमा माओवादीका उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार