वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणाम घोषणा नहुन्जेल रामेछाप नगरपालिका बन्द

वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणाम घोषणा नहुन्जेल रामेछाप नगरपालिका बन्द

यहि वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणम घोषणा नहुन्जेलसम्म रामेछाप नगरपालिका बन्द हुने भएको छ । यहि वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरु खटिनुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्नुपरेको नगरपालिकाले जानकारी गराएको छ ।

वैशाख ३० गते मतदान कार्य सम्पन्न भए पश्चात मतगणना कार्य नगरपालिकाको कार्यालय भवनमा हुने भएकाले सो अवद्यिमा कार्यालयको काम काज सहज ढंगबाट संचालन गर्न कठिनाई हुने भएकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्नुपरेको रामेछाप नगरपालिकाले एक सुचना प्रकाशित गरि जानकारी दिएको छ ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गर्नुभएको सुचनामा नगरपालिकाको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही महानुभावहरुमा पर्न जाने असुविधा प्रति नगरपालिका कार्यालय क्षमायाचना गर्दछ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार