के के छन त ? एमाले रामेछाप नगरको प्रतिवद्धता पत्रमा

के के छन त ? एमाले रामेछाप नगरको प्रतिवद्धता पत्रमा

नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय निर्वाचनका लागि ५० बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । “समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी” भन्ने नाराका साथ एमाले रामेछाप नगर कमिटीले ५० बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो ।

एमालेबाट रामेछापको नगर प्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता कुमारी खत्री उम्मेदवार छिन् । प्रतिवद्धतापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, खानेपानीको सुनिश्चितता, पूर्ण विद्युतीकरण लगायतका विषयहरु समेटिएका छन् ।

यस्ता छन् बुँदाः

. शिक्षामा पहुँच विस्तार गुणस्तर सुधार

१. नगरपालिका भित्र प्राविधिक धारको शिक्षा विस्तार गरिनेछ ।

२. विद्यालय तहका विपन्न बालबालिकाको लागि पोशाक, खाजा, किताव, कपी र अतिरिक्त कक्षा र उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । नगरमा विद्यालय बाहिर बालबालिका बालबालिका नरहेको सुनिश्चितता गरिनेछ ।

३. स्थानीय पाठ्यक्रमलाई निरन्तर सुधार गरी सान्दर्भिक बनाइनेछ साथै मगर, तामाङ र नेवारी भाषी विद्यार्थी बाहुल्यता भएको आधारभुत विद्यालयहरुमा मागका आधारमा मातृभाषा पठन पाठनको व्यवस्था गरिनेछ ।

४. विद्यालयमा आवश्यक न्युनतम पुर्वाधार, मानव संसाधन र स्रोत साधनसहित ५ वर्षभित्रमा नगरपालिकाका सबै विद्यालयलाई अंग्रेजी माध्यममा प्रतिस्पर्धात्मक शिक्षा दिन सक्षम बनाइनेछ ।

५. विद्यालयका शिक्षक तथा कर्मचारीको प्रोत्साहन गर्न “शैक्षिक सम्मान पुरस्कार”स्थापना गरिनेछ ।

६. शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।

. गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच वृद्धि

७. प्रदेश सरकार सँग सहकार्य गरी जिल्ला अस्पतालको विशेषज्ञ सेवालाई थप व्यवस्थित बनाइनेछ ।

८. नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई भवन, जनशक्ति र संसाधनयुक्त बनाइनेछ ।

९. सबै वडाहरुका स्वस्थ्य संस्थामा २४ घण्टे प्रसुतिसेवा संचालन गरी गर्भ जाँच, प्रसुति जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यक्रमलाई व्यवस्थित बनाई थप प्रवर्धन गरिनेछ ।

१०. विपन्न, दिर्घरोगी, जेष्ठ नागरिक र अशक्तहरुलाई ध्यानमा राखि निःशुल्क रुपमा एम्बुलेन्स सेवा, औषधी वितरण, स्वास्थ्य विमामा अनुदान, स्वास्थ्य शिविर तथा घरदैलोमा स्वस्थ्य परिक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।

११. महिला स्वयंसेविका प्रोत्साहन तथा पुरस्कार कार्यक्रमहरु संचानलन गरिनेछ ।

. कृषि तथा पशुपन्क्षी विकास

१२. प्रत्येक वडामा १ जना कृषि प्राविधिकको व्यवस्था गरिनेछ ।

१३. हरेक वडामा सहकारी मार्फत कृषि उपज खरिद विक्री केन्द्रको व्यवस्था गरिनेछ ।

१४. सहकारी र कम्पनीहरु मार्फत ठुलो परिमाणमा कृषि तथा पशुपालन गर्न प्रोत्साहित गरिनेछ ।

१५. उच्च मुल्य प्राप्त हुने वाली एवं तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास गरिनेछ ।

१६. गाई र भैसीको नश्ल सुधार कार्यक्रम मार्फत दुध उत्पादन वृद्धि गरिनेछ ।

१७. व्यवसायिक रुपमा पशु, पंक्षी, माछा र मौरी पालन गर्न चाहने कृषकहरुलाई व्यवसायिक योजनाको आधारमा अधिकतम ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिनेछ ।

१८. खुल्ला कृषि पाठशाला संचालन गरिनेछ ।

. स्वच्छ सुलभ खानेपानी तथा सरसफाई

१९. घरघरमा सुलभ र सहज खानेपानी सुविधा पु¥याइनेछ ।

२०. निर्माणधिन खानेपानी योजनाहरु यथासिघ्र सम्पन्न गराउने र संचालितलाई मर्मत सुधार व्यवस्थापन गरिनेछ ।

२१. नगर भित्रका बजारहरुका फोहर र प्रदुषण व्यवस्थापन गरी सफा र सुन्दर बनाइनेछ ।

. विद्युत सेवा पहुँचमा सुनिश्चितता

२२. एक वर्ष भित्रै विद्युतिकरण रहित घरपरिवार शुन्य बनाइनेछ ।

२३. विद्युतिय चुलोमा अनुदानको व्यवस्था गरिनेछ ।

२४. आधारभुत खानेपानी र सिंचाई योजनाहरुको विद्युतिय शुल्कमा अनुदानको व्यवस्था गरिनेछ ।

२५. नगर भित्रका बजार क्षेत्र र प्रमुख सार्वजनिक क्षेत्रमा सडकबत्ती जडान गरिनेछ ।

. सडक तथा यातायात विकास

२६. वडा कार्यालयबाट नगर केन्द्रसम्म जोडिने सडकलाई कालोपत्रे गरिनेछ ।

२७. रामेछाप बजारमा रिङ रोड बनाई कालोपत्रे गरिनेछ ।

२८. नगरको सवै वडाहरुबीचको सहज यातायात सञ्जाल कायम गर्न नगर बस सञ्चालन गरिनेछ ।

२९. नगरपालिका भित्र रहेको प्रमुख सडकहरुलाई प्राथमिकीकरण गरी स्तरोन्नती एवं ग्राभेल गरिनेछ

३०. विद्युतिय सवारीहरुलाई प्रोत्साहन गर्न सम्भाव्यताको आधारमा नगरका प्रमुख बजारमा विद्युतिय चार्जिङ स्टेसनहरु बनाईनेछ ।

३१. गाँउटोल भित्रका आवात जावात गर्ने पैदलमार्गहरुको स्तरउन्नती गरिनेछ ।

३२. नगरभित्र संचालित यातायात सेवा लाई व्यवस्थित र नियमित संचालनको व्यवस्था मिलाइनेछ ।

. सिँचाइ पूर्वाधार विकास

३३. पानीको स्रोतको उपलव्धताको आधारमा टोलटोलमा २० देखि ५० घरधुरीसम्म लाभान्वित हुने सिंचाई पोखरीहरु निर्माणका लागि सहयोग गरिनेछ ।

३४. धारा, झुठोल्न लगायत खेरा जाने पानीको संकलन गरि घरघरमा सा—साना पोखरी निर्माणका अनुदान सहयोग उपलव्ध गराइनेछ ।

३५. नगर भित्र रहेको साना ठूला सिंचाई योजनाहरुलाई सञ्चालन तथा मर्मत सुधार गरिनेछ ।

३६. जलबायु परिवर्तनले कृषिमा परेको असरलाई मध्यनजर गर्दै थोपा सिंचाई जस्ता आधुनिक सिंचाई प्रविधिहरु प्रयोग गर्न प्रोत्साहन तथा अनुदानको व्यवस्था गरिनेछ ।

. कला, संस्कृति, पर्यटन तथा पुरातात्विक सम्पदा संरक्षण विकास

३७. रामेछाप बजार र साँघुटार बजारलाई सडक, नाला/ढल निकास, खानेपानी, विद्युत लगायतको व्यवस्था गरी आधुनिक ग्रामीण सहरको रुपमा विकास गरिनेछ ।

३८. स्थानीय सांस्कृतिक महोत्सव, मेला, पर्व एवं जात्राहरूको सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।

३९. ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण र संबर्धनसम्बन्धी कार्यहरू गरिनेछ ।

४०. मातृभाषाको संबर्धन, जातीय तथा क्षेत्रीय कला, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी कार्यहरू गरिनेछ ।

४१. मठमन्दिर, गुम्बा, धर्मशाला, पाटी पौवा, सत्तल, चौतारो, पार्क, उद्यान र ऐतिहासिक सार्वजनिक सम्पदाको संरक्षण र विकास गरिनेछ ।

४२. नगर भित्रका विभिन्न जातजातिहरुको पहिचान र मौलिक संस्कृति प्रर्वद्धन गर्न जातिय संग्राहलय स्थापना गरिनेछ ।

. खेलकुद विकास

४३. नगरपालिका भित्र कमसेकम एउटा प्रदेशस्तरीय खेलमैदान, रंगशालाको विकास गरिनेछ ।

४४. नगरपालिका भित्रका विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको अभिलेख तयार गरी उनीहरुको योगदानको कदर तथा सम्मान् गरिनेछ साथै नगरको खेलकुद विकासमा उनीहरुको उपयोग गरिनेछ ।

. महिला, बालबालिका अपाङ्गता भएकाको अधिकार सुनिश्चितता

४५. बाल बिबाह, बहुबिबाह र घरेलु हिंसालाई पूर्णरुपमा निरुत्साहित गरिनेछ ।

४६. नगरपालिकालाई आगामी ३ वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गरिनेछ साथै नगरका विद्यालय र सार्वजनिक कार्यालयहरु अपाङ्गमैत्री बनाइनेछ ।

. विपद् व्यवस्थापन जलवायु अनुकुलन

४७. विभिन्न विपद्हरूको सामना गर्न आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरिनेछ साथै विपद् जोखिम न्युनिकरण र जलबायु अनुकुलन योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

. सूचना प्रविधीमैत्री नगरपालिका

४८. प्रत्येक वडामा गुणस्तरिय फाइबर इन्टरनेट विस्तार गरी घर घरमा सुलभ दरमा उच्च गतिको इन्टरनेट जडान गर्न सकिने व्यवस्था गरिनेछ ।

४९. प्रत्येक वडाका प्रमुख सार्वजनिक स्थल तथा सरकारी कार्यालयमा वाईफाई हसपट बनाई निःशुल्क इन्टरनेटको व्यवस्था गरिनेछ ।

५०. नगरपालिका तथा वडा कार्यालयबाट दिइने सेवा प्रवाह लाई सरल तथा सहज बनाउन मोबाइल एप र वेभवेस प्रविधि मार्फत् सेवा दिइने व्यवस्था गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार