रामेछाप नगरपालिकामा बहुमत सहित चुनाव जित्छौं– लवश्री न्यौपाने

रामेछाप नगरपालिकामा बहुमत सहित चुनाव जित्छौं– लवश्री न्यौपाने

रामेछाप नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेको तर्फबाट उम्मेदवार बन्नुभएका लवश्री न्यौपानले बहुमत सहित चुनाव जित्ने बताउनुभयो । उहाँले रामेछाप नगरपालिकाको मेयरमा २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका नरबहादुर थापामगर र उपमेयरमा नेपाली कांग्रेसकै उम्मेदवार सिर्जना खड्का विजयी भएर नमुना काम गरेको भन्दै अबको निर्वाचनमा पनि नागरीकहरुले भारी मत दिएर आफुहरुलाई विजयी गराउने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको राजनीतिमा सकृय न्यौपाने पार्टीभित्रका त्यागी, इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित हुनुहुन्छ । न्यौपानले रामेछाप नगरपालिका भित्र आर्थिक अवस्था कमजोर भएका मध्येबाट योग्यता र दक्षताका आधारमा प्राविधिक शिक्षा हासिल गर्नका लागि ४ जनालाई प्र्रत्येक वर्ष कोटा निर्धारण गरेको र त्यसका लागि प्रतिव्यक्ति १० लाखका दरले शैक्षिक सहायता प्रदान गर्ने रणनीति बनाएको बताउनुभयो ।

उहाँले बेरोजगार नागरीकहरुलाई आय आर्जनका कार्यक्रम तर्फ सीपमूलक तालिम, व्यवसायीक कृषि तालिम लगायतको व्यवस्था गरी नगर बासीलाई अनुदानको व्यवस्था गराउने साथै नगरपालिका ग्यारेन्टी बसेर न्यूनतम् व्याजदरमा बैकबाट ऋण उपलव्ध गराएर नगरबासीलाई आयआर्जनको बाटोतर्फ उन्मुख गराउँने बताउनुभयो । निःशुल्क स्वास्थ्य विमाको निति लिएर आफु अघि बढ्ने भन्दै न्यौपानेले नगरबासी सबैको स्वास्य विमा नगरले नै गरिदिएर सबैलाई स्वास्थ्य सेवाको पहँुचमा ल्याउने बताउनुभयो ।

नेपाली कांग्रेसका सबै उम्मेदवारहरुले यो चुनाव भारी मतका साथ जित्ने भन्दै न्यौपानेले आफुहरुले जितेमा मात्रै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका यावत विकास निमार्णका कार्यले पूर्णता पाउने बताउनुभयो । उहाँले सम्वृद्ध नगरपालिका बनाउने अभियान नेपाली कांग्रेसले नै थालनी गरेको भन्दै अब यो अभियान पुरा गर्न कांग्रेसबाट उम्मेदवार बनेका ९ वटै वडाका वडाअध्यक्षसहित आफुहरुलाई विजयी गराउन नगरबासी मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार