रामेछापमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

रामेछापमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय रामेछापले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।

यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताउनुभयो ।

मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएकोले उक्त कार्यलाई बेवास्तागरि बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार