नेपाल बिद्यालय कर्मचारी परीषदले एक हप्ता देशभरको सामुदायिक विद्यालय बन्द गर्ने

नेपाल बिद्यालय कर्मचारी परीषदले एक हप्ता देशभरको सामुदायिक विद्यालय बन्द गर्ने

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलित छन । केहि दिन अघिदेखी पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँैमा आन्दोलन गरिरहेका उनिहरुले एक हप्ता देशभरका सामुदायिक विद्यालय बन्द गर्ने भएका छन ।

नेपाल बिद्यालय कर्मचारी परीषद राष्ट्रिय समितिले देशभरका सामुदायिक बिद्यालय एक हप्ता बन्द गर्ने चेतावनी सहितको आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको छ । यहि भदौ १२ गतेदेखी १८ गतेसम्म एक हप्ता देशभरका ७५३ वटै स्थानिय तहमा रहेका सामुदायिक विद्यालय बन्द गर्ने नेपाल बिद्यालय कर्मचारी परीषद जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष रमेश तामाङले बताउनुभयो ।

गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पु¥याउने उल्लेख थियो । त्यसका लागि सङ्घ सरकारले मासिक ८ हजार उपलब्ध गराउने र बाँकी सम्बन्धित स्थानीय तहले बेहोर्ने बजेटमा उल्लेख छ । तर बजेट अभाव देखाउदै अधिकांश स्थानीय सरकारले आफ्नो भागमा पर्ने रकम उपलब्ध नगराउँदा सरकारले तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै देशभरका झण्डै २९ हजार सामुदायिक विद्यालयमा कार्यरत करिब ४० हजार विद्यालय कर्मचारी काठमाडाँैमा आन्दोलन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार