सञ्चारसम्बन्धी विभिन्न कानुनलाइ टुङ्गोमा पु¥याउन सरकारलाइ पत्रकार महासंघको ध्यानाकर्षण

सञ्चारसम्बन्धी विभिन्न कानुनलाइ टुङ्गोमा पु¥याउन सरकारलाइ पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुन टुङ्गोमा पुग्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर यसबारेमा ध्यानाकर्षण गराउनुभएको हो ।

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आग्रह गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुन आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता पनि प्रकट गरेको छ । प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पु¥याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोन मार्फत निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार