नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग

नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग

पछिल्ला दिनहरूमा दूध र दूग्धजन्य उत्पादनको माग बढिरहँदा, गाईभैँसी पाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै दूधबाट अनेकन परिकार बनाएर बिक्री वितरण गर्ने क्रम पनि बढ्दै गएको छ । मकवानपुरको हटौँडा उपमहानगरपालिका–१७ चुच्चे खोलामा खुवाको व्यापार गर्ने व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् ।

काभ्रेबाट मकवानपुर पुगेर ४० वर्षदेखि नियमित खुवा बनाएर बेच्दै आउनुभएका सोमप्रसाद तिमल्सिनाले दिनमै ५० किलोभन्दा बढी खुवा उत्पादन गरि बिक्री गर्ने गरेको बताउनुभयो । नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधमध्ये १५ प्रतिशत औपचारिक, ३५ प्रतिशत अनौपचारिक क्षेत्र र ५० प्रतिशत किसान आफैँले उपभोग गर्ने गरेका छन् ।

त्यहि अनौपचारिक क्षेत्रमा पर्ने खुवा, उत्पादन गरि चुच्चे खोलाका खुवा व्यवसायीकै कारण स्थानीय किसान पनि व्यावसायिक भैँसी पालनमा जोडिएका छन् । दूध खरिदका लागि मात्र दैनिक तीन करोड रूपैयाँभन्दा बढी रकम सहरी क्षेत्रबाट ग्रामिण भेगमा जाने गरेको नेपाल डेरि एसोशिएसनले जनाएको छ । त्यो तथ्याङ्कमा चुच्चे खोलाका खुवा व्यवसायीको आम्दानी पनि जोडिएको छ ।

कान्तीराजपथका रुपमा हेटौँडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो बाटो बनेपछि चुच्चे खोलाको खुवाले झनै बजार पाएको छ । तर खुवा उत्पादनलाई बृहत बनाउन प्रविधि र बजारिकरणमा सरकारको सहयोग आवश्यक रहेको व्यवसायीहरू बताउँछन् । दुग्ध व्यवसायीहरूकाअनुसार नेपालमा वार्षिक २३ लाख १२ हजार मेट्रिकटन दूध उत्पादन हुन्छ । तर उत्पादित दूध मध्य १५ प्रतिशत मात्रै बजार पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार