बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित भएका छन । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ६ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला ३ हजारमा पनि बिक्री नभएको हिमाल तराई बंगुर फर्म भालुखोपका संचालक इन्द्र तामाङले बताउनुभयो ।

स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ महिना यता मुल्यमा आएको गिरावटले पाठापाठी बिक्री नभएका हुन् । गाउँका किसानको आम्दानीको श्रोत नै बंगुरपालन भएकाले पाठापाठी बिक्री नहूँदा आर्थिक  संकट भएको किसानहरु बताउँछन् ।पछिल्लो समय बंगुर पालनलाई व्यवसायीक बनाउँदै आएका युवाको व्यवसाय नै धरासायी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार