रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । रामेछापमा १५ दिन अघिबाटै दर खान जाने, महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो ।

विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख दुःखका गीत गाउने चलन थियो । तर पछिल्ला वर्षहरूमा तीज खर्चालु देखिएको बन्दै गएको छ । तीजको पूर्वसन्ध्यामा विभिन्न सहकारी, महिला सङ्गठन, राजनीतिक दलका भ्रातृ संस्था, गैर सरकारी संस्था, व्यक्तिहरू लगायतले दर खाने भन्दै विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गरिरहेका छन् ।

जहाँ लवाइ, खवाइ र चालचलन भड्किलो देखिने गरेको छ । तीज मनाउनु राम्रो भए पनि आवश्यकताभन्दा बढी खर्च गर्नु र भड्किलो बनाउनु दुःखद भएको कतिपयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार