रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेल मैदान बन्दै

रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेल मैदान बन्दै

रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेलमैदान बन्ने भएको छ । मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको हो । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले शिलान्यास गर्नुभयो ।

राष्ट्रिय स्तरका खेल खेलाउन सकिने गरी खेलमैदान निर्माण गर्न लागिएको रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज माझीले जानकारी दिनुभयो । यस वर्ष रङ्गशालाको लागि आवश्यक पर्ने दुई सय रोपनी भन्दा बढी क्षेत्रफलमा घेराबारा लगाइने छ ।

खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक करोड बजेट बिनियोजन छ । भ्याट बाहेक ८० लाख रुपैयाँमा घेराबाराको लागि उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

फुटबल मैदानको लागि आवश्यक पर्ने १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइका लागि १ सय ५० मिटर लम्बाई र १ सय मिटर चौडाइमा घेराबार गरिने छ । रंगशालाको डिपिआरमा राष्ट्रिय खेलको लागि रंगशाला, स्विमिङ पुल र कवर्ड हल सहितको संरचनाहरू निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार