रामेछाप कौछिनीमा बोलेरो गाडी दुर्घटना ४ जनाको ज्यान गयो

रामेछाप कौछिनीमा बोलेरो गाडी दुर्घटना ४ जनाको ज्यान गयो

रामेछापको मन्थली नगरपालिका वडा नं ७ कौछिनी मानेखोप भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको ज्यान गएको छ । बा ११ च ५५३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको त्यहाँका वडाअध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिनुभयो ।

बोलेरो गाडी लगभग सडकदेखी ७० मिटर तल खसेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी मानेखोप हिँडेको गाडी अन्तिम गन्तव्य नजिकै पुगेर दुर्घटना भएको वडाअध्यक्ष प्रसाईले बताउनुभयो । दुर्घटनामा मृत्यु तथा घाईतेभएकाहरुको उद्धारको काम भैरहको उहाँले बताउनुभयो । दुर्घटनामा मृत्यु तथा घाईते भएकाहरु सबै त्यहाँको स्थानिय रहेको वडाअध्यक्ष प्रसाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार