एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति जुटाउने

सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ । हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र […]

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यको संख्या दस हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यको सख्या दस हजार नाघेको जनाएको छ । जिल्लामा क्रियाशिल सदस्यको संख्या छ हजार थप गर्दै कांग्रेसले १० हजार ८ सय २३ जना पुर्याएको हो । यसअघि रामेछापमा ५७ सय क्रियाशिल सदस्य रहेका थिए । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले १० हजार ८ सय २३ जना क्रियाशिल सदस्यको विवरण केन्द्रीय […]

काँग्रेस रामेछापको सभापतिमा कान्छारामद्वारा उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस रामेछापका नेता,समाजसेवी एवम निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले पार्टीको जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले साउन २३ गतेसम्म सकिसक्नुपर्ने रामेछाप काँग्रेसको १४ औँ अधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । कान्छारामले सुख दुःखमा जिल्लाका नागरिकलाई सकेको सहयोग गर्दै आएको र एक कार्यकाल पार्टीको सभापति भएर काम गर्ने इच्छा […]

असार १६ गते राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमालेको निर्णय

नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको […]

प्रधानमन्त्री ओलीको धोकाले आफुहरु दिक्क भएको नेता नेपालको भनाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएर विद्रोहा उत्रिएको बताउनुभएको छ । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओली कुनै पनि हालतमा नसुध्रने दाबी गर्दै उहाँले बालुवा पेलेर तेल ननिक्लने दाबी गर्नुभयो । नेता नेपालले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको बताउनुभयो । लोकतन्त्रको […]

नेपाली काँग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक

नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नामावली सार्वजनिक गरेको हो । केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण दर्ता गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली काँग्रेसको आधिकारिक साइटमा राखिएको हो । यसअघि […]

राजनीति

राष्ट्रको विशिष्ट उद्देश्य प्राप्त गर्नको निमित्त गरिने अग्रगामी परिवर्तनलाई विशेषतः राजनीति भनिन्छ । राजनीति भनेको राज्यको मूल नीति हो । राज्य चलाउने साधन हो । कुनै पनि राज्यको आकार एवं संरचना राजनीतिले नै तय गर्ने गर्दछ । भनिन्छ कलिला बालबालिकामा देश भेटिन्छ । महिलाको अनुहारमा देश झल्किन्छ । वृद्ध भएका बुबा आमाका गालामा देशका सीमाना भेटिन्छ । […]

कोरोना सङ्क्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताउनुभएको छ । सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको प्रधानमन्त्रीको भनाइ छ । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश […]

प्रकृतिमैत्री जीवनचर्या अपनाउन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण संरक्षणका लागि आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई […]

३२ जिल्लाबाट मात्रै काँग्रेसको क्रियाशील सदस्यता आयो

नेपाली काँग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन। वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ। हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको काँग्रेसले जनाएको छ।क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का […]