नेकपा एमाले विभाजित

नेकपा एमाले विभाजित

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो ।

नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उहाँले बताउनुभयो ।

आज अध्यादेश जारी भएसँगै काठमाडौंको एउटा होटलमा बसेको बैठकले सोसम्बन्धी निर्णय गरेको हो । प्रस्ताव गरिएको पार्टीका अध्यक्षमा माधवकुमार नेपालसहित ९५ जनाको केन्द्रीय कमिटी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार