बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा

नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ ।

उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताउनुभयो ।

शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नुहुनेछ।यसअघि उहाँलाई मुख्यमन्त्री बनाउन जोडबल गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले मान्नुभएको थिएन ।

शाक्य यसअघि नेपाल पक्षमा हुनुहुन्थ्यो ।एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका शाक्य एमालेमा अध्यक्ष ओलीको प्रखर विरोधीका रुपमा चिनिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार