बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा

नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताउनुभयो । शाक्य अब […]

नेकपा एमाले विभाजित

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न […]

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिनुभयो । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजोअध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको हिजो बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने […]

एमाले विभाजनको अन्तिम चरणमा

नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट आज अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि आजै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको नेता मेटमणी चौधरीले बताउनुभयो । दर्ताका लागि आवश्यक पर्ने कागजात […]

राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी ल्याईएको अध्यादेशको विरोध

सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएपछि त्यसको व्यापक विरोध भएको छ । अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए विभाजन हुनसक्ने प्रावधान राखिएको छ । जुन कुरामा सत्ता पक्षकै नेताहरुले पनि असहमति जनाएका छन् । […]

रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि आक्रमण

अनेरास्ववियूका केन्द्रीय सदस्य एवं रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि शुक्रबार साँझ काठमाण्डौँ कोटेश्वरमा आक्रमण भएको छ । अनेरास्ववियू रामेछापका पूर्व अध्यक्ष समेत रहनुभएका अधिकारीमाथि शुक्रबार साँझ ७ः०० बजेको समयमा गाउँको राजनीतिक विषयमा कुराकानी गर्नु छ भनी नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसका सभापति सञ्जय बुढाथोकी र कुले भनिने तरुण दलका नेता सुशिल बुढाथोकीले फोन गरेर काठमाडौंको कोटेश्वरमा […]

अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्ने एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताउनुभयो । अदालतलाई धेरै विवादमा ल्याउन जरुरी नरहेको भन्दै उहाँले वाक्य वाक्य शब्द शब्दको मूल्याङ्कन हुने बताउनुभयो । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर […]

मैँले रामेछापमा गरेजति विकास न पहिलाकाले गरे न अब आउनेले गर्छन : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा विकास निर्माणका कामले गति लिएको बताउनुभयो । विगतमा आफु जिल्ला विकास समितीको सभापति हुँदा जिल्लामा सडक,विद्युत,यातायात,खानेपानी पुल जस्ता विकासका पूर्वधारहरु केही पनि नभएको स्मरण गर्दै उहाँले आफु प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखी जिल्लामा आमुल परिवर्तन ल्याएको बताउनुभयो । मुख्य मन्त्री डोरमणी पौडेलले आफुलाई मन्त्री […]

‘प्रधानमन्त्री देउवा मन पर्छ’ अभियानको पार्टीभित्रैबाट आलोचना

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा हुनेगरी उहाँको सचिवालयले सुरु गरेको अभियानप्रति नेपाली काँग्रेसका नेताहरूले नै विरोध गरेका छन् । ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री सार्वजनिक गरेकोमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको यो कार्यलाई गाइजात्राको संज्ञा दिनुभएको छ । ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण […]

कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणको निर्देशक बनाईने

सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ । शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै राजीनामा दिन आग्रह गरेको बताइएको छ ।शाक्य अगाडि प्राधिकरणको निर्देशकमा घिसिङ नै रहनुभएको थियो । घिसिङको कार्यावधि सकिएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले शाक्यलाई […]