दुईनयाँ दल दर्ताका लागि आज सनाखत हुँदै

दुईनयाँ दल दर्ताका लागि आज सनाखत हुँदै

निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आजसनाखत गराउँदै छ । आयोगले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरनेतृत्वको जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गराउन लागेको हो ।

सनाखतका लागि बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म सम्म समय तोकिएको र केन्द्रीय सदस्यहरु भौतिकरूपमै उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

सरकारले दल विभाजन गर्न सजिलो हुने अध्यादेश ल्याएपछि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।

एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका छन् । त्यसमा ५७ केन्द्रीय सदस्यको नामावली उल्लेख गरिएको छ । त्यस्तै जसपा (लोकतान्त्रिक) पार्टीमा २३ सदस्य छन् ।

आयोगले यसअघि जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो । सो पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मध्ये ठाकुरको पक्षमा १४ जना सांसदछन् ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा दल दर्ताका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुनालगायत कागजात कागजात संलग्न गराउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार