राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी ल्याईएको अध्यादेशको विरोध
सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएपछि त्यसको व्यापक विरोध भएको छ । अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए विभाजन हुनसक्ने प्रावधान राखिएको छ । जुन कुरामा सत्ता पक्षकै नेताहरुले पनि असहमति जनाएका छन् । […]