पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेकोे वरिष्ठ नेता पौडेलको भनाइ

पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेकोे वरिष्ठ नेता पौडेलको भनाइ

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेको बताउनुभएको छ । उहाँले जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्नेमा आफू अडिग भएपनि क्रियाशिल सदस्यता वितरणमा धाँधली हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्र्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका जिल्ला सभापतिले हिजो बेलुकी अनशन तोडेका छन् । तर, जिल्ला सभापतिको अनशन तोडिएपनि धाँधली हुनेमा वरिष्ठ नेता पौडेलले आशङ्का व्यक्त गर्नुभएको हो ।

यसैबीच काँग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद अन्त्य गर्दै बढीमा दुई÷तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने काङ्ग्रेसले जानकारी दिएको छ ।

काङ्ग्रेसले अहिलेसम्म ५३ जिल्लाको क्रियाशिल सदस्यको नाम सार्वजनिक गरिसकेको छ भने २४ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार