काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचन समितिको कार्यतालिका पारित गर्ने तयारी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । यसअघि हिजो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै

नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ।दुई दिनसम्म चल्ने बैठक ललितपुरको सानेपास्थित एक ब्याङ्क्वेटमा बिहान सुरु हुनेछ । हिजोको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा हुने छलफलका एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । पार्टीको साङ्गठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको […]

एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने

नेकपा (एमाले)ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जनाप्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ । कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न […]

नेपाली काँग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

नेपाली काँग्रेसले१३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फतआज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिसंयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको […]

एमाले महाधिवेशन प्रतिनिधि चयनका लागी रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

नेकपा एमालेको महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधि बन्न खुलातर्फ आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी परेको छ । रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेमा बिहीबार निर्वाचन समितिको कार्यक्रम बमोजिम उम्मेदवारी दिने समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । […]

रामेछाप एमाले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन

नेकपा एमाले रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । बुधबार र आज बहिबार बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । एमाले प्रचार […]

सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिने गरिन्छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका उहाँको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंह […]

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । उहाँले प्रमुख प्रतिपक्ष दल […]

रामेछापमा नेपाली कांग्रेसको अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

हालै सम्पन्न नेपाली कांग्रेस रामेछाप जिल्ला अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समितिसमक्ष पुनःमतगणनाको माग गरेका छन् । जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले हँुदा पुनः मतगणनाको मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो । […]

प्रदेशमा पनि एमाले प्रमुख प्रतिपक्षी भूमिकामा

सत्ता गठबन्धनबीचको पूर्व सहमति कार्यान्वयनका कारण प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले बाहिरिएको छ । योसँगै प्रदेश र सङ्घमा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै पुगेकामध्ये सबै प्रदेश सरकारको नेतृत्वबाट एमाले पूर्ण रूपमा बाहिरिएको हो । गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो […]