नेकपा एकीकृत समाजवादी सङ्गठन विस्तार अभियानमा

पार्टीमा हालसम्म साढे २ लाख सदस्य

नेकपा एकीकृत समाजवादी सङ्गठन विस्तार अभियानमा

पार्टीमा हालसम्म साढे २ लाख सदस्य

एमालेसँगको विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सङ्गठन विस्तार अभियानलमा लागेको छ । केन्द्रीय कमिटीदेखि शीर्ष नेताहरू नै सङ्गठन विस्तारको काममा व्यस्त भएका छन् ।

उक्त पार्टीका केन्द्रीय सदस्य पार्वती विशुंखेको अधिकांश समय अहिले पार्टी सङ्गठन निमार्णका विभिन्न भेलामा बित्ने गरेको छ । पार्टीको वडा, पालिकादेखि जिल्लासम्मका विभिन्न कमिटी बनाउने र उनीहरूलाई प्रशिक्षण दिने काम भइरहेको उहाँ बताउनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म केन्द्र, सात प्रदेश र ७६ जिल्लामा कमिटी बनाइसकेको जनाएको छ । झण्डै ५० प्रतिशत पालिकाहरूमा समेत कमिटी बनिसकेको दावी नेताहरू गर्छन् ।

सङ्गठन बिस्तार भएको पालिकामा टोल र वडा कमिटी समेत बनेका छन् । सङ्गठन बिस्तारका लागि केन्द्रीय देखि जिल्ला तहका नेतासम्म खटेको पार्टीको प्रदेश १ कमिटी सदस्य उपेन्द्र प्रसाद घिमिरेको भनाइ छ ।

आउँदो १५ गतेसम्म सबै पालिका तहमा र मसिंर भित्र सबै वडामा कमिटी गठन गर्ने गरी काम गरीरहेको नेताहरूले बताएका छन् । अहिले जनवर्गिय सङ्गठन बिस्तारमा समेत काम गरिरहेको सुदुरपश्चिम प्रदेश कमिटी सदस्य अम्बर बहादुर साँउद बताउनुहुन्छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालसहित शीर्ष नेताहरू सङगठन विस्तारका लागि देश दौडाहामा छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पनि चलिरहेका छन् ।

एमालेसँग विभाजनपछी विभाजन हुनुको कारण र पार्टीको आगामी नीति तथा योजनालाई लिएर कार्यकर्तालाई प्रशिक्षण दिने काम पनि भइरहेको महासचिव बेदुराम भुसालको भनाइ छ । नेकपा एकिकृृत समाजवादी पार्टीमा हालसम्म साढे २ लाख सदस्य रहेको पार्टीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार