माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

रामेछापमा ४१ वटा वडामा वडा कमिटी गठन

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

रामेछापमा ४१ वटा वडामा वडा कमिटी गठन

नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ ।

वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ ।

माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ ।

यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । यस्तै माओवादी केन्द्र रामेछापले शनिबार ४१ वटा वडामा वडा कमिटी गठन सम्पन्न गरेको छ ।

सबै वडाको नेतृत्व सर्वसहमतिकै टुङ्गो लगाएको जिल्ला संयोजक एवं पार्टी अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो । अब २३ वडामाका एक दुई दिनमा नेतृत्व टुङ्गो लाग्ने उहाँको भनाई छ । ७ वटा वडामा भने केही दिन अघि नै नयाँ नेतृत्व चयन भैैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार