५९ जिल्लामा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु

५९ जिल्लामा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु

नेपाली काँग्रेसको ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। हिजो रसुवा, सिन्धुपाल्चोक, सर्लाही, ओखलढुङ्गाबाहेक ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो ।

उहाँका हिजो अधिवेशन नभएको ओखलढुङ्गामा आज गर्ने तयारी छ । रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा भने महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी जिल्ला निर्वाचन समितिले कार्यतालिका बनाउनेछ ।

१४ जिल्लामा भने यसअघि नै जिल्ला अधिवेशन भइसकेको थियो । काँग्रेसले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका जिल्लामा पर्सि सोमबार मङ्सिर ६ गते जिल्ला अधिवेशन गर्ने र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आउँदो १० गते जिल्ला अधिवेशन हुने गरी मिति तोकेको छ ।

१० गते सबै जिल्लामा अधिवेशन भएपछि महाधिवेशन प्रतिनिधिको टुङ्को लाग्ने पनि अधिवक्ता रिजालले जानकारी दिनुभयो । प्रतिनिधिको टुङ्गो लागेपछि १६ र १७गते सातै प्रदेशको प्रदेशमा तथा २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशन गर्ने काँग्रेस निर्वाचन समितिको कार्यतालिका छ ।

यस्तै नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले ६ जनालाई जिल्ला कार्य समितिको सदस्यमा मनोनित गर्नुभएको छ । उहाँले विधान बमोजिम ६ जनालाई जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित गर्नुभयो ।

हिजो बसेको जिल्ला पदाधिकारीको पहिलो बैठकले धुब्र लामा, सुरेश सुवेदी, जिततबहादुर कटुवाल, दिपेन्द्र खड्का, नारायण बहादेर बोगटी र चिना खड्कालाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार