काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ ।नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार आज साँझसम्ममा सबै जिल्लाबाट अन्तिम नतिजा आउने छ ।

हिजो सम्म ६० जिल्लामध्ये ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको उहाँले बताउनुभयो । देशभरीका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आउँदो २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार