एमालेको महाधिवेशन सुरु हुन २ दिन मात्र बाँकी, पदाधिकारीमा २ जनाको मात्रै उम्मेद्वारी

एमालेको महाधिवेशन सुरु हुन २ दिन मात्र बाँकी, पदाधिकारीमा २ जनाको मात्रै उम्मेद्वारी

एमालेको १० औं महाधिवेशन सुरु हुन अब २ दिन मात्र बाँकी छ । पर्सि शुक्रबारबाट चितवनमा हुने १० औं महाधिवेशनले १५ पदाधिकारी सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

तर, हालसम्म २ जनाले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । अरु आकाङ्क्षीहरू भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाइरहे पनि एजेण्डा भने सार्वजनिक गरेका छैनन् ।

अध्यक्ष पदका लागि उपाध्यक्ष भिम रावलले १५ बुँदे एजेण्डा सार्वजनिक गर्दै उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । अध्यक्षमा अहिलेसम्मअन्यले उम्मेद्वारी घोषणा नगरेपनिपदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यका आकाङ्क्षी धेरै देखिएका छन् । धेरै आकाङ्क्षीहरुले आ–आफ्नो समुहमा छलफल मात्रै चलाइरहेको भएपनि केहीले भने उम्मेद्वारी घोषणा गरेका छन् ।

सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएका नेता महेश बस्नेतले एमाले र कम्युनिष्ट आन्दोलनलाई प्रभावकारी बनाउन आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । विधान अनुसार एमालेमा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव पद रहने छ ।

अहिलेसम्म वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवका आकाङ्क्षीहरु धेरै देखिएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले महासचिव पदका लागि आफू इच्छुक रहेको बताउनुभयो ।

सोहि पदमा गुरुङ सहित सुरेन्द्र पाण्डे, बिष्णु पौडेल, शंकर पोखरेल लगाएतका नेताहरूको चाहना देखिएको छ । १० बुँदे सहमति पछि पार्टी भित्रै रहेका तथा नेकपा बनेपछि माओवादी केन्द्रमा नफर्किएका धेरै जसो नेताहरुको चाहना पदाधिकारीमा देखिएको छ ।

पदाधिकारीमा ३३ प्रतिशत सहभागीताको सुनिश्चिता पार्टीकोे विधानले गरेकाले यसपटकको महाधिवेशनमा कार्यान्वयन गर्नुपर्ने पोलिटब्यूरो सदस्य थममाया थापाले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा लगाएतले आकाङ्क्षा राख्नुभएको छ । तर अध्यक्ष ओलीको निर्णय कुरेका नेताहरु अझै खुलिसकेका भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार