नेपाली काँग्रेसको ३ जिल्लामा आज अधिवेशन हुँदै

नेपाली काँग्रेसको ३ जिल्लामा आज अधिवेशन हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिवेसन हुन बाँकी जिल्लाहरुमा आजपनि अधिवेशन हुँदैछ । २४ गतेबाट हुने महाधिवेशनको लागि १ सय ४९ जिल्लामा अधिवेसन हुन बाँकी रहेकोमा हिजो १ सय २५ जिल्लामा महाधिवेशन भएको छ ।

यस्तै बाँकी रहेका जिल्लाहरूमा आज अधिवेशन हुने काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । उहाँले सिन्धुपाल्चोक र रसुवामा नयाँ निर्वाचन अधिकृत तोकिएको र आजअधिवेशन हुने पनि बताउनुभयो ।

यस्तै सर्लाहीमा भने नयाँ निर्वाचन अधिकृत तोकेर आज पठाउन लागिएको भन्दै उहाँले सर्लाहीमा वडादेखि कै अधिवेशन आज गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार