काँग्रेसको प्रदेश तहको अधिवेशन आज

काँग्रेसको प्रदेश तहको अधिवेशन आज

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज प्रदेश तहको अधिवेशन हुँदैछ । त्यसको लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ ।

समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । आज त्यसबाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । तर सर्लाही, सिन्धुपाल्चोक, रौतहटमा र रसुवामा भने आज अधिवेशन हुने सम्भावना निकै कम छ ।

ती जिल्लामा विभिन्न विषयमा विवाद कायमै रहेकाले आज निर्वाचन हुने सम्भावना कम रहेको निर्वाचन समिति सदस्य रिजालले बताउनुभयो । उहाँले सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी निर्वाचन गराउन सक्ने बताउनुभयो । काँग्रेसले आगामी१६ र १७ गते सातवटै प्रदेशका एकैसाथ प्रदेश अधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार